TodayPati

शिक्षामन्त्री पोखरेल कोरोना उपचारका लागि गौशाला र भंगहामा २ वटा अस्पताल निर्माण गर्दै

टुडेपाटी
महोत्तरी, भदौ १५ गते ।

कोरोना भइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अाफु निर्वाचित भएको क्षेत्रमा कोरोना उपचारको लागि थप २ वटा हस्पिटल खोल्न लागेका छन् । मन्त्री पोखरेल अाफु निर्वाचित महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत पर्ने गौशाला नगरपािलकामा तत्कालै १० शैय्या र भंगहा नगरपालिकामा ७ शैय्या क्षमताको कोरोना उपचार अस्पताल खोल्न लागेका हुन् ।

दुबै नगरपालिकामा तत्कालै अस्पताल सञ्चालनमा ल्याउन १०/ १० लाख रुपैयाँ शिक्षामन्त्री पोखरेलले पठाएको उनका स्वकीय सचिव शंकर महतोले जानकारी दिए ।

Sponsored

उनका अनुसार गौशालामा निर्माण गर्न लागेको १०शैय्या अस्पताललाई १५ शैय्या बनाउन भवन निर्वाचनको लागि ३ करोड ७८ लाख विनियोजन गरि टेन्डर प्रक्रियामा रहेको छ । यस्तै भंगहा नगरपालिकामा तत्कालै निर्माण गर्न लागेको ७ शैय्याको हस्पिटललाई १० शैय्या बनाउन ८५ लाख बिनियोजन गरि टेन्डर प्रक्रियामा लगेको स्वकीय सचिव महतोले बताए ।

यसअघि मन्त्री पोखरेलले अाफ्नै क्षेत्र बर्दिबास नगरपालिकामा कोरोना लगायतका रोगको उपचार गर्न ५० शैय्याको अस्पताल निर्माण गरेको तथा पीसीअार जाँचको लागि समेत व्यवस्था गरेका छन् ।

कोरोना उपचारको लागि नै गौशाला र भंगहामा दोश्रो चरणमा अस्पताल निर्माण गर्ण लागेको मन्त्री पोखरेलका स्वकीय सचिव महतोको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *