पुजारी हत्यामा संलग्न २ आरोपी पक्राउ, वडाध्यक्ष सहित ४ जना अझ् फरार
टुडेपाटी-
जनकपुरधा, भदौ १५ गते ।
रौतहटमा पुजारी हत्याकाण्डमा संलग्न २ जना फरार आरोपी पक्राउ परेका छन् । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीलेउनीहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।
मन्दिरका पुजारी शाहलाई अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेको थियो । हत्या संलग्न रहेको आरोप लागेका देवाही गोनाही नगरपालिका–१ का वडा अध्यक्ष नुरुलाह मियाँ, सोही ठाउँका राजेन्द्र पटेल, कहिल पटेल र राम प्रवेश पटेल फरार छन् ।
पुजारी हत्या आरोपमा फरार रहेका वडाअध्यक्ष मियाँ द्वन्दकालमा नेपाली सेना र प्रहरीको सुराकको काम गर्थे । उनी जनता समाजवादी पार्टी (जसपाबाट) निवार्चित वडाध्यक्ष हुन् ।
Sponsored