भदौ मसान्तपछि लामो तथा छोटो दूरीका सवारी साधन खोल्ने सरकारको निर्णय
टुडेपाटी
काठमाडौँ, भदौ १४ गते ।
सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तपछि चलाउने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्था र लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो ।
Sponsored