शैक्षिक संस्था र लामो दूरीको यातायात भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, भदौ १४ गते ।
लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको हो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।
गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाएको छैन । यस्तै सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएका अन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ ।