TodayPati

रौतहटमा करेन्ट लागेर युवकको मृत्यु, उपचार नगर्ने डाक्टरलाई स्थानीयले घेरे

टुडेपाटी-
रौतहट, भदौ १४ गते ।

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आइतबार बिहान करेन्ट लागेर युवकको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेका छन् ।

Sponsored

मोटरको तार जोड्ने क्रममा फतुवाविजयपुर नपा–८ का १६ वर्षीय रवीन्द्र साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका साहलाई उपचारको लागि विजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजाँदा चिकित्सक भगवत चौधरीले विरामीलाई हेर्न नमानेको स्थानीय श्रीभगवान साहले जानकारी दिए

पछि थप उपचारका लागि चन्द्रनिगाहपुर लिएर जाने क्रममासाहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई सुरेन्द्र सिंहले बताए । साहको मृत्युपछि आक्रोशित समुहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधा घण्टा घेरेका थिए । घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको सई सिंहको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *