TodayPati

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।

सिरहाको भदैया–६ का उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते ती पुरुषलाई प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

Sponsored

भदौ ७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । डा. सापकोटाका अनुसार मिर्गौलाका रोगी रहेका ती पुरुष लामो समयदेखि डायलसिससमेत गराउँदै आएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *