धनुषा : रोगले थला परेकी मिना उपचार अभावमा ४ वर्षदेखि घरमै छटपटाउँदै
सम्राट खनाल-
सखुवा महेन्दनगर, भदौ १२ गते ।
धनुषाको क्षिरेश्वोरनाथ नगरपालिका ५ कुचाइस्थित घरभडामा बस्ने एकल महिला ४५ वर्षीया मिना गुरुङ शरिर काम्ने रोगले चारवर्षदेखि थला परेकी छन् । तर आर्थिक विपन्नताले उनी अहिलेसम्म उपचारबाट बञ्चित छन् ।
घरमा एकछाँक खानै मुस्किल भएकाले अस्पताल जान नसकेको २२ वर्षीय छोराको छोरा सुजन गुरुङले दुखेसो सुनाए ।
उनको श्रीमानको मृत्यु केहिवर्ष पहिला नै भइसकेको छ । आमा र छोरा नागरिकता बिहीन छन् । नागरिकता र आमाको यस्तो रोगले थला परेकाले बाहिर काम गर्न समेत जान नसकी घरको अर्थिक अवस्था निकै दयनीय भएको छोरो छोरा सुजन बताउँछन् ।
‘म सानै छँदा बुबाको बित्नु भयो । चारवर्षदेखि आमा रोगले ग्रसित हुनुहुन्छ । आफन्तनाता गोता कोहि छैनन् । नागरिकता छैन । कहाँ कोसंग सहयोग मागेर आमाको उपचार गराउँ’, छोरा सुजनले दुःख सुनाउँदै भने ‘सरकारले नागरिकता बनाइदिएको भए केहि गर्न सक्थे । तर त्यो आशा पनि छैन । हामी जस्तो समस्यमा परेका गबिलाई कसले सुन्छ र ?’
उनले आमाको उपचारको लागि सहयोग गरिदिन सबै सहयोगी भावनाका व्यक्तिहरुसंग गुहार गरे । ओखल्ढुङ्गा मूल थलो भएकी मिना दशवर्षदेखि सखुवा महेन्द्रनगरको कुचाइटोलमा बस्दै आएकी छन् ।
Sponsored