TodayPati

क्षीरेश्वरनाथका मेयर पजियार कोरोना मुक्त

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार कोरोना मुक्त भएका छन् । संक्रण भएको १५ दिन पश्चात शुक्रबार उनी कोरोना मुक्त भएका हुन् ।

गएको साउन ३० गते मेयर पजियारलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेशनमा बसेका थिए ।

Sponsored

मेयर पजियार सहित कोरोना संक्रमण पुष्टि भएका उनको परिवारजन पनि कोरोनाबाट सुरक्षित रहेको जनाईएको छ ।

कोरोना संक्रमण मुक्त भएपछि आफु प्रति नगरबासी, देशवासी तथा विभिन्न व्यक्तिहरुले स्वास्थ्य अवस्थाबारे चासो राख्ने र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा मेयर पजियारले धन्यवाद व्यक्त गरे । उनले अब विगत झै फेरी आफ्ना नगरवासीको सुरक्षाको लागि अहोरात्र खट्ने र नगर कोरोना संक्रमण मुक्त बनाउँने प्रतिवद्धता व्यक्त गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *