TodayPati

प्रदेश २ मा सचिवको सरुवा तत्काल बदर गर्न मन्त्री साहको माग

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले छोटो अवधीमै सचिव सरुवा गर्ने प्रवृतिले प्रदेश सरकारको कामकाज नै प्रभावित भएको भन्दै पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्रीलाई आग्रह गर्नु भएको छ ।

मन्त्री साहले आज संघीय मन्त्रालयलाई पत्र लेख्दै ४ महिना अघि मात्र आएको सचिवलाई सरुवा गरिएकोमा आपती जनाउदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधीमै सचिव फेर्ने प्रवृति अन्त गर्न आग्रह गर्नु भएको हो ।

Sponsored

जुन सुकै बेला सचिव फेर्न प्रवृतिले प्रदेश सरकारको कार्यक्रमनै प्रभावित हुँदै आएको , पदस्थापना हुने सचिवले पनि सरुवा हुनु पर्ने भन्दै काममा गति नदिने गरेको जस्ता कारणहरुले सचिवहरुलाई निश्चित अवधीको लागि पठाउन मांग समेत गर्नु भएको छ ।

गत दुई वर्षमा ६ जना सचिवको सरुवाहुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण व्याज मिनाहा, धान बालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नु पर्ने भएपनि सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत ती निर्णय फिर्ता लिन मांग गर्नु भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *