TodayPati

निरन्जन राम हत्याकाण्ड : क्रियाखर्चका लागि आर्थिक सहयोग

प्रमोद सहनी-
रौतहट, भदौ १२ गते ।

रौतहटमा धारिलो हतियार प्रहार गरि हत्या गरिएका निरन्जन रामको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सुनचाँदी ब्यवसायी महासंघ रौतहटका उपाध्यक्ष रामजी शाहले निरन्जनको क्रियाखर्च बापत उनको परिवारलाई ३१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

Sponsored

साहले आफ्नो जन्मदिनको अवसरमा मृतक यूवाको बुवा नन्दलाल रामलाई कृयाखर्चका लागि ३१ हजारको चेक हस्तान्तरण गरि आर्थिक सहयोग गरेको छ ।

‘हामी सबै मानव जाति एक आपसमा मिलेर बस्नु पर्छ र दलित गरिबकलाई समान व्यहवार गर्नु पर्छ,’ साहले भने । त्यस्तै जातीय बिभेदलाई आ-आफ्नो ठाउँबाट अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।

साथै दोषीलाई छानबिन गरि तुरन्त कारबाही गर्नु पर्ने माग गरेका छन् ।

Sponsored

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका जिङडियाका रामको धारिलो हतियारले घाँटी रेटि उनका साथीहरुले हत्या गरेको थियो । हत्या आरोपमा पक्राउ परेका सात जना निरन्जनको साथीमध्ये विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको छ भने अन्य ६ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *