सिरहाकी कोरोना संक्रमित महिलाको कोशी अस्पतालमा मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।
सिरहाकी एक कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा सिरहाको लाहन घर भएकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
शुक्रबार बिहान पौने ११ बजे अस्पतालमा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।
ती महिलालाई बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार बिहान स्वासप्रस्वासमा समस्या बढेपछि ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
Sponsored