TodayPati

बर्दिवास नगरपालिकामा कोरोना परीक्षण सुरु

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

महोत्तरी बर्दिबास नगरपालिकाले आजदेखि आफ्नै लगानीमा कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । 

आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण सुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । 

Sponsored

नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए । 
    
पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८ सयको स्याब परीक्षण गर्न मिल्ने भएको उनले बताए । 

बर्दिबास नगरपालिका गत  ५ जेठ नै आफैँ कोरोना मेशिन खरिद गर्ने निर्णय गरेअनुरुप मेशिन खरिद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *