धनुषाको सहिदनगरमा परिक्षा मर्यादित बनाउन समिती गठन
टुडेपाटी
जनकपुरधाम, फागनु ९ गते ।
धनुषाको सहिदनगर नगरपालिकामा परिक्षा व्यवस्थापन समिती गठन भएको छ । नगर शिक्षा संयोजक रामरतन पासवानको अध्यक्षतामा बसेको बैठकबाट परिक्षा व्यवस्थ्ति र मर्यादित बनाउन श्रीप्रसाद गोहिवारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
समितीमा श्रीकृष्ण भिनवार, मोहन यादव, चन्दरलाल यादव, अनिता कुमारी यादव, राजदेव ठाकुर र इन्द्रनारा सदस्यहरु छन् ।
समिती गठन गर्न बसेको बैठकमा नगर शिक्षा अधिकृत धिरेन्द्रलाल कर्ण, नगर शिक्षा समिति सदस्य राज कुमार कर्माचार्य र प्रदीप कुमार साह ,वाडाध्यक्षहरु तेजीलाल यादव, जैसीलाल भिनवार, रामएकवाल मण्डल लगायत नगरभित्र सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो ।