TodayPati

जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने : मुख्यमन्त्री राउत

टुडेपाटी
जनकपुरधाम , फागुन ९ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताउनु भएको छ ।
महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तैयारी रहेको बताउनु भएको हो ।
उहाँले प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताउनु भयो ।
सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
राजयोग सेवा केन्द्र जनकपुर नगरमा शान्ति यात्रा समेत निकालेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *