TodayPati

धरानमा प्लाज्माथेरापी गरिएका कोरोना संक्रमति महिलाको मृत्यु

टुडेपाटी-
धरान, भदौ ६ गते ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भए पनि शनिबार उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

Sponsored

उनका अनुसार वृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोरोना निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो ।

उनी बीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीअघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता सापकोटाले बताए ।

१ सातादेखि अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचापका बिरामी उनको २७ साउन पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

Sponsored

मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *