TodayPati

चितवनमा १०८ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु

टुडेपाटी-
चितवन, भदौ ३ गते ।

कोरोना भाइरसबाट चितवनमा १ सय ८ वर्षीया ज्येष्ठ महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरकी ती वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनका अनुसार ती वृद्धाको मंगलबार आएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको छ । २४ साउनमा क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा संक्रमित देखिएपछि उनको स्वाब सङ्कलन गरिएको थियो ।

Sponsored

उनीसँगै ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने ४ जनामा कोरोना पुष्टि भएको तिवारीले बताए । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *