TodayPati

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

टुडेपाटी-
महोत्तरी, भदौ २ गते ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

गए राति ज ११ प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको विष्टले बताए ।

मृतक ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *