TodayPati

पत्रकार यादबलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न पत्रकार महासंघको माग

टुडेपाटी-

जनकपुरधाम, साउन ३१ गते ।

जनकपुरको नवजिवन हस्पिटमा समाचार संकलन गर्न पुगेका पत्रकार सन्तोष यादबलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ सिरहाले माग गरेको छ ।

Sponsored

महासंघका सिरहा सभापति दिनेश्वर प्रसाद गुप्ताले प्रेश विज्ञप्ती जारी गरेर घटनाको घोरभत्र्सना गर्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका हुन् ।

प्रहरीले पत्रकारलाई कुटपिट गरेर प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको महासंघले ठहर गरेको छ ।

‘कोरोना रोकथामसंगै लकडाउनलाई प्रभावकारी बनाउने तथा सूचना सम्प्रेशन गर्ने पत्रकारको कार्य पनि उत्तिकै महत्व हो’, विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथी हमला गर्ने कार्य निन्दनीय छ ।’

Sponsored

विहिवार मृत्यू भएको एक महिलाको शव शुक्रवार राति जनकपुरको नव जीवन अस्पतालबाट प्रादेशिक अस्पताल लगिने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

सोही बेला फोटो खिच्न खोज्दा सम्पाद यादब र पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरेका थिए ।

ति महिलाको मृत्यू अस्पताल र डाक्टरको लापरबाहीले भएको उनको आफ्न्तको आरोप छ । सोही कारण शव बुझ्न अस्वीकार गर्दै छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *