बारा र पर्सामा थप ४७ जनामा कोरोना संक्रमण
टुडेपाटी-
जनकपुरधाम, साउन ३२ गते ।
पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पाइएको छ ।
नरायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।
Sponsored