TodayPati

जनकपुरमा घरधनीलाई सरसफाइ कार्ड दिइने, फोहोर गर्ने व्यक्ति समात्नेलाई पुरस्कार

टुडेपाटी

जनकपुरधाम, फागुन ७ गते ।

 जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले चैत महिनादेखि आफ्नो वडामा सरसफाइ कार्ड वितरण गर्न लागेको छ ।

Sponsored

वडा कार्यालय चैत महिना भित्र आफ्नो वडालाई फोहोरमुक्त वडा बनाउन सबै घरधनीलाई सरसफाइ कार्ड बनाउन लगाउने निर्णय गरेको वडाअध्यक्ष सुदर्शन सिंहले जानकारी दिएका छन् ।

उनले सरसफाइ कार्ड वितरण भएपछि जथाभावी फोहोरमैला फ्याकेमा ५ सयदेखि १० हजारसम्मको जरिवाना तिर्न लगाइने बताए । साथै वडा कार्यालयको कुनैपनि प्रशासनिक कार्यमा सरसफाइ कार्डको छाँया प्रतिलिपी अनिवार्य गरिने समेत उनले जानकारी दिए ।

चैत महिनादेखि सरसफाइ कार्ड वितरण गरेपश्चात वडाबासीलाई वडा कार्यालयबाट कुनैपनि सेवा सुविधा लिन आउन सरसफाइ कार्ड अनिवार्य देखाउनुपर्ने वडाअध्यक्ष सिंहले बताए । उनले जथाभावी फोहोरमैला फ्याकेमा सो व्यक्तिको बारेमा प्रमाण पेश गरेमा प्रमाण पेश गर्ने व्यक्तिलाई वडा समितिबाट सम्मान तथा नगर पुरस्कार प्रदान गरिने समेत जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *