TodayPati

धनुषामा पाँच छोरीको काँधमा बुबाको शव, श्रीमतीले दिइन् दागबत्ती

टुडेपाटी समाचारदाता
जनकपुरधाम, माघ ६ गते ।

धनुषाको सबैला नगरपालिका–२ स्थित बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कारका स्थल पुर्‍याएका छन्। मंगलबार काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका बुवा रामनारायण यादवको निधनपछि पाँच जना छोरीले दाहसंस्कारकालािग खोलासम्म पुर्याएका छन् ।

हिन्दु तथा मधेसी समाजमा पार्थिव शरिर दाहसंसकार स्थ्ललसम्म छोराले काँधमा चलन छ । तर पुरानो चलनलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा विश्लेषण सामाजिक संजालमा गरिँदैछ।

स्थानीयका अुनसार दाहसंस्कार कसरी गर्ने विषयमा गाउँमा छलफल भएको थियो । छोरा नभएकाले रामनारायणको पार्थिव शरीर दाहसंस्कार स्थलसम्म छोरीले नै पुर्‍याउने निष्कर्ष निकालियो। पछि छोरीहरूले समेत चासो देखाएर उनीहरू आफैँ दाहसंस्कार गर्न बुवाको पार्थिव शरीर बोक्न तयार भए।

Sponsored

जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म पुर्‍याएका थिए। रामनारायणको पार्थिव शरीर दागबत्ती उनकै श्रीमती राधिकादेवीले दिएकी छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *