महोत्तरीको भंगहामा सर्पदंश आतंक : एउटै टोलमा १६ जनालाई टोक्यो
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेको छ । भंगहा नगरपालिकाको वडा नं. ५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो ।
शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजिव साहले टुडेपाटीलाई जानकारी दिए । घरमै हुँदा समेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाई छ ।
टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन् ।
सर्पटोकेका घाइतेहरुलाई बर्दिबास स्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।
यसअघि बिहीबार दिउँसो सोहि टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।
महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….
Sponsored