TodayPati

जनसेवा हस्पिटलको सेवा सुचारु

टुडेपाटी-

बर्दिवास, साउन ३० गते ।

कोरोना कहरले १० दिनदेखि सेवा ठप्प पारेको महोत्तरीको बर्दिवास–१ स्थित जनसेवा सुचारु गरेको छ ।
हस्पिटलले थप उपचारका लागि काठमाण्डौ रेफर गरेको एक महिलामा काठमाडौंमै कोरोना परिक्षण जाँच गर्दा कोविड–१९ सङ्क्रमण पुष्टि भएपछि साउन २० देखि बन्द रहँदै आएको हस्पिटलले बिहीबारदेखि सेवा सुचारु गरेको हो ।

Sponsored

हस्पिटलमा उपचार गरिएकी महिलामा काठमाण्डौ रेफर गरिएपछि उहीं नै पिसिआर जाँच हुँदा सङ्क्रमण पुष्टि भएपछि यहाँ थप सङ्क्रमण जोखिम नहोस् भनेर हस्पिटलले सेवा बन्द गरेको थियो । अहिले ति महिलाको उपचारमा संलग्न यहाँका चिकित्सक , स्वास्थ्यकर्मी र अन्य सहयोगी सहित १४ जनाको पिसिआर परीक्षण नतिजा ‘नेगेटिभ’ आएपछि स्वास्थ्य सेवा सुचारु गरिएको हस्पिटलले जनाएको हो ।

“हाम्रो हस्पिटलबाट रेफर गरिएका बिरामीमा कोविड–१९ सङ्क्रमण पुष्टि भएको काठमाण्डौबाट खबर आएपछि जोखिम सम्वेदनशीलतालाई मध्यनजर गर्दै सेवा रोकेका थियौं” जनसेवा हस्पिटल सञ्चालक बोर्डका अध्यक्ष सुमन भुजेलले भने–, “हस्पिटलका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सहयोगीको पिसिआर परीक्षण नेगेटिभ आएपछि आज बिहीबार सेवा सुचारु गरेका हौं ।”
हस्पिटलले सङ्क्रमण जोखिम रोकथामका सबै सुरक्षा उपाय अवलम्वन गरेर सेवा सुचारु गरेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *