TodayPati

महोत्तरीको भंगहामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।

महोत्तरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका ५ राजपुर बस्ने ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब साढे १ बजेको समयमा घरदेखि २ सय मिटर पर धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि खातुनको मृत्यु भएको उनको भतिजो अकबर राईनले जानकारी दिए ।

Sponsored

मृतक खातुनलाई सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचारका लागि लगेपछि त्यहाँ मृत घोषणा गरेपनि अझै १/२ वटा अस्पतालमा जाँदा उनको मृत्यु भइसकेको अस्पतालले भनेपछि घरमा दाहसंस्कारको तयारी भइरहेको खातुनको भतिजो राईनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *