TodayPati

धनुषामा कुटपिट तथा लुटपाटमा संलग्न आरोपमा एक युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

धनुषामा कुटपिट तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर दनुवारटोलका किशन राउत रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

झण्डै एकवर्ष अघि २२ भदौ २०७६ मा महोत्तरीको मनरासिसवा नगरपालिका ६ बस्ने मनोज ठाकुरलाई कुटपिट गरी घाइते बनाएर साथमा रहेको डेढ लाख रुपैयाँ लुटपिट भएको थियो ।

Sponsored

ठाकुर जनकपुरबाट महेन्द्रनगर जाने क्रममा बाटोमा भएको कुटपिट तथा लुटपाटमा राउत सहित ४ जना संलग्न रहेको आरोप छ । घटनापछि फरार राउत आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।


उनीमाथि थप कारबाही प्रक्रिाय अघि बढाउन अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *