TodayPati

प्रदेश २ : भारत लगेर २ सातासम्म बलात्कार गर्ने फकिर पक्राउ

टुडेपाटी-

रौतहट, साउन २६ गते ।

रौतहटमा बलात्कार तथा अपहरण मुद्दामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गुजरा नगरपालिका–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिरलाई पक्राउ गरेको हो ।

Sponsored

पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिए । पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको उनले बताए ।

फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए ।

Sponsored

विशेष सूचनाको आधारमा फकिरलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *