TodayPati

बारामा घाइते निलगाईको उद्धार

टुडेपाटी-

बारा, साउन २६ गते ।

बारामा घाइते भएका एक निलगाईलाई उद्धार गरेको छ ।बाराको निजगढ नगरपालिका ९ स्थित नदि कट्टा महादेव मन्दिर नजिक केराघारीमा निलगाई स्थानीयले देखेपछि उद्धार गरेको हो । 

Sponsored

निलगाई ज्यान जोगाउन केराघारीमा पसेको थियो । घाइते अबस्थामा भेटिएको निलगाइलाई स्थानीयले नियन्त्रणमा लिएर उद्धार गरेको एक स्थानीयले बताए । बकैया ठाकुर सामुदायिक वन समूहका अध्यक्ष प्रदीप उप्रेतीले वन कार्यालयलाई खबर गरेर स्थानीयले निलागाइलाई नियन्त्रण लिएर हातखुट्टा बाँधेर वन कार्यालयको गाडीमा लोड गरेर उद्धार गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *