TodayPati

पोखरामा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७४ पुग्यो

टुडेपाटी-

पोखरा, साउन २५ गते ।

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

Sponsored

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यका अनुसार मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *