संक्रमण बढेपछि सप्तरीमा काँग्रेस नेताले बाँडे मास्क र साबुन
शुभ नारायण यादव-
सप्तरी, साउन २५ गते ।
विगत केही दिन यता कोरोना सन्क्रमित बढदे गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा मास्क र साबुन वितरण गरिएको छ ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव अरुण कुमार मण्डलले लौनियाँमा पुगेर १ हजार थान मास्क र १ हजार थान साबुन वितरण गरेका हुन् ।
काग्रेंसका प्रत्यासी समेत रहेका मण्डलले कोरोना भाइरस उन्मुलनकालागि सबैलाई जागरुक हुनुपर्ने बताउदै अनिवार्य मास्क लगाउन, साबुन पानिले हात धुन, समाजीक दुरी बनाइ राख्न र अति आवश्यक काम भए मात्रै घर बाहिर निस्क सबैलाई आग्रह गरे ।
मास्क तथा साबुन वितरणमा काँग्रेस नेता शकलदेव सुतिहार, रामदेव साहको समेत सहयोग रहेको जनाइएको छ । लोनियामा हालसम्ममा ३२ जना कोरोना सन्क्रमित फेला परेको छ ।
Sponsored