भारतमा एकैदिन ६५ हजार बढी कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे २१ लाख नाघ्यो
टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ ।
पछिल्लो पछिल्लो २४ घण्टामा मात्र अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ ।
Sponsored
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ हजार ४५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।