TodayPati

मलेसियामा धनुषाका एक युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको जाहोर स्थित एक कम्पनीमा कार्यरत्त धनुषाको बटेश्वर गाउँपालिका २ धुमासनका ३० वर्षीय दुखहरण महतोको गएराति मृत्यु भएको हो ।

राति शौचालयमा झुण्डिएको अवस्थामा सिकिस्त फेला परेका उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मलेसियाकै जाहोरमा कार्यरत्त बटेश्वरका अर्का नेपाली राहुल सिंहले जानकारी दिए ।

Sponsored

मलेसिया प्रहरीले उनको घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा दुखहरण तीनवर्ष अघि मलेसिया गएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *