TodayPati

समुदायस्तरमा कोरोना फैलिएपछि लहानमा लकडाउन

टुडेपाटी-
सिरहा, साउन २३ गते ।

सिरहाको लहानमा आज साँझदेखि लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको हो ।

कोरोनाको जोखिम कम गर्न तथा संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ ।

Sponsored

वीरगंज यात्रा इतिहास भएका लहान नगरपालिका ८ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बाहिरी आउजाउको चक्र बन्द गरेर परीक्षणको दायरा बढाउन लकडाउन गरिएको लहान नगरपालिकाका नगरप्रमुख मुनी साह सुडीले जानकारी दिए । समुदायमा समूहगत संक्रमण रोक्न लकडाउन गरिएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित पसल सर्तसहित खुल्ने उनले बताए ।

लकडाउनको अवधिमा सरकारले तोकेको सवारी साधनलाई मात्र आवगमनको अनुमति दिइएको उनले बताए । हटिया, पसल, बजार, सवारी साधन सबै बन्द राख्न सूचना जारी गरिएको छ। पूर्व पश्चिम राजमार्गको लहान क्षेत्रमा भने सवारी आवगमनमा रोक लगाईएको छैन ।

यसैबीच सिरहाको मिर्चैया नगरपालिकाले पनि लकडाउन गरेको छ । मिर्चैयाका मंगलम हेल्थ केयरका स्थानीय दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायीक संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको नगर प्रमुख श्रवण यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *