TodayPati

कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कबिहीन, संक्रमितबाट समुदायमै कोरोना फैलिने खतरा

टुडेपाटी-

काठमाडौँ, साउन २३ गते ।

कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्र्कबिहीन भएका छन् ।

Sponsored

स्वाब संकलनका बेला गलत सम्पर्क नम्बर र ठेगाना दिएका कारण उनीहरुसँग सम्पर्क हुन नसकेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ ।

योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् ।

Sponsored

सम्पर्कबीहन भएकाहरुलार्य फोन लगाउँदा गलत नम्बर देखाएको र बस्न ठेगानासमेत गलत टिपाएको महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् ।

यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराको भनाई छ । ‘पछिल्लो साता भेटिएका संक्रमितमध्ये हरेक दिन कोही न कोही संक्रमित सम्पर्कविहीन भएका छन्,’ कोइरालाले भने, ‘उनीहरुलाई खोजिरहेका छौं ।’

सम्पर्क बिहीन भएपछि उनीहरुबाट समुदायमै कारोना संक्रमण फैलिने खतरा देखिएको छ । उनीहरु समुदायका मानिससँग घुलमिल भएमा अवस्था झन भयावह आउन सक्ने कोइरालको भनाई छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *