कोरोनाको कारण समस्यामा परेका पत्रकारलाई सहयोग गर्छौं : अध्यक्ष आचार्य
टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोरोनाको कारण अत्यन्तै समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने बताएका छन् । कोरोनाको जोखिम बिच अग्रपंक्तिामा रहेर काम गर्ने पत्रकारको बर्तमानको भूमिका तथा अवस्थाको विषयमा मंगलबार जनकपुरमा सरोकारबालासंग छलफल गर्दै अध्यक्ष आचार्यले कोरोनाको कारण पेशाबाट विस्थापित भइ अत्यन्तै समस्यामा पुगेका पत्रकारलाई सहयोग गर्ने बताएका हुन् ।
‘कोरोना महामारीको विषम परिस्थितिमा पत्रकारहरु अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । कतिपय मिडियाहरुले पत्रकारहरुलाई तलब खुवाउन नसक्ने भन्दै निकालेका पनि छन् । यास्तो अवस्थामा पेशाबाट विस्थापित हुन लागेका र समस्यामा परेका पत्रकारर्लाइ नेपाल पत्रकार माहसंघले सहयोग गर्छ ’ अध्यक्ष अर्चाले भने ‘महासंघको प्रदेश र जिल्ला शाखाहरुले त्यस्तो समस्यामा पर्नुभएका पत्रकारहरुको नामावली संकलन गरौं । हामीले सकेसम्म सहयोग र त्यसको लागि पहल गर्छौं ।’
उनले कोरोनाको यस्तो उच्च जोखिमको बेला सकेसम्म घर अथावा संचार हाउसबाटै मोबाइल, इन्टरनेट जस्ता प्रविधिको प्रयोग गरेर समाचार संकलन गर्न पत्रकारहरुसंग आग्रह गरे ।
यस्तो संवेदनशील अवस्थामा सरोकारबालाहरु एकअर्कासंग समन्वय सहकार्य गरि अघि बढ्नु पर्ने अध्यक्ष आचार्यको भनाइ थियो ।
छलफलमा बरिष्ट पत्रकार बीएम खनालले उच्च जोखिममा भएर पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्बन्धीत पक्षलाई अझै जवाफदेहि बनाउन पत्रकारले निरन्तर समाचार संकलन तथा सूचना प्रवाह गरिरहेको बताए । पत्रकारकै भूमिकाको कारण धेरै ठाउँमा क्वारेन्टाइन, आइसोलेशन व्यवस्थित भएको उनको भनाई थियो । कोरोना कहरमा पत्रकार र मिडिया समस्यामा समेत परेकाले त्यस तर्फ पनि ध्यान बरिष्ट पत्रकार खनालले सरकारसंग आग्रह गरे ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय जनकपुरका निर्देशक वीरहादुर मगरले कोरोना महामारी बिच आफुहरुले मानवअधिकारको सवालमा गर्ने कामहरु निरन्तर प्रदेश २ को आठवटै जिल्लामा पुगेर गरिरहेको बताए । सरकारलाई थप जिम्मेबार र गम्भीर बनाउन पत्रकारहरुको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।
Sponsored
यस्तै नेपाल बारएशोसिएसन जनकपुरका अध्यक्ष राममेथ साहले बेलैमा सरकार चुकेको कारण कोरोना महामारीले देशको अवस्था बेहाल हुँदै गएको बताए । सुरुमै नाकाहरुमा क्वारेन्टाइन व्यवस्थापन गरी जाँच गरेर मात्र घर जान दिएको भए आज यस्तो अवस्था नदेखुनु पर्ने बताउँदै उनले पत्रकारहरुले नै समाचारमा ल्याएर धेरै ठाउँमा क्वारेन्टाइन र आइशोलेशन सुधार भएको बिचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरणकुमार कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतले कोरोना महामारीमा पत्रकारहरुले खेलेको भूमिका र झेल्दै गरेको समस्याको विषयमा आ आफ्नो बिचार राखेका थिए ।
नियमति संवादको सरोकारबाला सम्मिलित ‘फ्रि मिडिया नेटवर्क’ गठनका उद्देश्यसहित जनकपुर आएको नेपाल पत्रकार महासंघको केन्द्रिय मिसन टोली निषेधाज्ञाको कारण समाजिक दुरीको पालना गर्दै केहि सरोकारबालासंग छलफल गर्दै फर्केको हो ।