भोलिबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाईने
टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।
कोरोना भाइरस संक्रमण समुदयास्तरमा फैलिने जोखिम बढेपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।
बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए ।
अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।
Sponsored