TodayPati

बारा र पर्सामा सेना र प्रहरी सहित थप १ सय ३२ जना कोरोना संक्रमित थपिए

टुडेपाटी-

बीरगञ्ज, साउन २१ गते ।

बारा र पर्सामा गरी थप १ सय ३२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Sponsored

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, कैदीबन्दी सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्याय जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमित १ सय ६ जना पुरूष र २६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षका बालकदेखि ७४ वर्षका पुरुष रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार बुधबार बिहान संक्रमण पुष्टि भएका १ सय ३२ जनामा वीरगन्ज ब्यारेकका २२ बर्षका १ जना र २३ वर्षका २ नेपाली सेना, पर्सा वीरगन्ज कारागारका २७ कैदीबन्दी, ५ वर्षका बालकदेखि ६० वर्षका २० जना पुरुष र २३ वर्षकी युवतीदेखि ६० वर्षकी महिला समेत रहेकी छिन् ।

Sponsored

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ७ जना पुरुष र २ जना महिला, वीरगन्ज महानगरपालिकाका– १० का ६ जना पुरुष र ३ जना महिला, वीरगन्ज महानगरपालिकाका–१ छपकैयाका १ जना ५३ वर्षका पुरुष र १ जना ५० वर्षकी महिला, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका १९, ४२,४४ वर्षका ३ जना प्रहरी, वीरगन्ज भन्सार कार्यालयमा कार्यरत २८, ३०, ३५ वर्षका ३ जना सशस्त्र प्रहरी र पर्सा जिल्लामा रहेको वडा प्रहरी कार्यालय वीर्तामा कार्यरत २८ वर्षका १ जना प्रहरी रहेको मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ८ वर्षीय बालक र ७२ वर्षका पुरुषसहित ५७ जना, पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ का २२ वर्षका १ पुरुष , जिराभवानी गाँउपालिका वडा नम्बर ३ का २२ वर्षका १ पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए । त्यसैगरी बाराका २३ वर्षकी युवतीदेखि ६८ वर्षका बृद्ध पुरुषसहित १७ जनामा संक्रमण भएको मेसु उपाध्यायले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *