जनकपुरधाम उपमहानगरका २ जना कर्मचारीमा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।
जनकपुरधाम उप-महानगरपालिकाका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित उपमहानगरको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत रहेका छन् ।
कोरोना संक्रमितको सम्पर्कमा आएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उपमहानगरका जनस्वास्थ्य अधिकृत उमेश रायले जानकारी दिए ।
उपमहानगरका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक दुई दिनभित्र सबै कर्मचारीको स्वाब संकलन गरी पीसीआर परिक्षण हुने रायले बताए ।