प्रदेश २ : पखाला लागेर मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि
टुडेपाटी-
बीरगञ्ज, साउन २१ गते ।-
पर्साको पोखरिया नगरपालिका–९ स्थित मामा घर बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गत सोमबार मृत्यु भएकी उनको स्वाब परिक्षण गर्द संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।
पोखरिया–८ जगतपुर घर रहेको ती युवती पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।
उनलाई पखाला लागेको थियो ।
अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
Sponsored
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।