शौचालयको ट्यांकीमा डुबेर बारामा बालिकाको मृत्यु
टुडेपाटी-
बारा, साउन २० गते ।
बारामा एक ५ वर्षीया बालिकाको शौचालयको ट्यांकीमा डुबेर मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका १ का अनिल कुमार लहेराको ५ वर्षीया छोरी छाँया कुमारीको मंगलबार चर्पीको ट्यांकी डुबेर मृत्यु भएको हो ।
उनको मंगलबार बिहान ९ बजेको समयमा आफ्नै घर भित्र रहेको शौचालयको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिहान शौचालय सफा गर्न गएका महागढीमाई नगरपालिकाका सेफटी ट्यांकीमा शौचालयबाट एक टंकी फोहोर तानी लगेको र बांकी पछि लग्ने गरी शौचालयको टयांकी र ढोका खुल्ला छाडी गएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
शौचालयको गेट खुल्ला छाडिएका कारण नाबालिका छाया सौच गर्न गएकीले शौचालयको टयांकीमा लडी डुबेर मृत्यु भएको मिश्रले बताए ।
Sponsored
मृतक छाँया कुमारीको शव जिल्ला अस्पताल कलैयामा परिक्षण पछि परिवारको जिम्मा लगाइएको छ ।