बेरुत विस्फोटमा ७० जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा
एजेन्सी-
बेरुत, साउन २१ गते ।
लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ ।
त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने २७ सय घाइते भएका छन् । प्रधानमन्त्री हसन दिआबले आज बुधबारका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
अधिकारीहरुका अनुसार विस्फोटक पदार्थले भरिएको ठूलो गोदाममा विस्फोट भएको हो । गोदाममा २७ सय ५० टन विस्फोटक पदार्थ भएको बताइएको छ ।
घटनास्थलमा रहेका बीबीसीका एक पत्रकारका अनुसार शव जताततै छरिएका थिए, मानिसहरु चिच्याइरहेका थिए ।
Sponsored
आसपासका सबै भवन पनि ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।