TodayPati

बटेश्वर गाउँपालिका प्रमुखका प्रत्यासी राउतसहित १५० जना काँग्रेसमा प्रवेश

टुडेपाटी-जनकपुरधाम, माघ १९ गते । धनुषाका बटेश्वर गाउँपालिका अध्यक्षका प्रत्यासी लोसपाका नेता पार्टी परित्या गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका नेकपा एमालेका निर्वाचित वार्ड सदस्य अशोक यादवसहित १५० जना काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री एवं धनुषा निर्वाचन क्षेत्र नं. ४ मा काँग्रेसका उम्मेदवार […]

काँग्रेस एमालेसहितको गठबन्धनबाट मधेशमा चार राष्ट्रिय सभा सदस्य निर्वाचित

जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा रिक्त चार राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका दुईसहित चारजना निर्वाचित भएका छन् । अन्य, महिला, अल्पसंख्यक र दलित कलस्टरबाट चारजना निर्वाचित भएका हुन् । महिला क्लष्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । झा ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी […]

जनकपुरमा माघ १६ गते काँग्रेसको चुनावी सभा, गगन र विश्व प्रकाशले सम्बोधन गर्ने

टुडेपाटी-जनकपुरधाम, माघ १० गते । केहीदिन अघि विशेष महाधिवेशन गरेको नेपाली कांग्रेसले आगामी माघ १६ गते जनकपुरधामम चुनावी सभा गर्ने भएको छ । पहिलोपटक मधेशमा प्रदेश स्तरीय चुनावीसभा गरेर उसले चुनावी अभियान सुरु गर्न लागेको हो । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने काँग्रेसका मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले […]

फागुन २१ गते हुने निर्वाचनका लागि ३ हजार ४८४ जनाको मनोनयन दर्ता

टुडेपाटी-जनकपुरधाम, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार देशभर मनोनयन दर्ता भएको छ । उत्साहपूर्वक दल तथा स्वतन्त्र व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देशभर ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ […]

६ मन्त्री थपेसँगै मधेश सरकारको मन्त्री परिषदले पायो पूर्णता

टुडेपाटी-जनकपुरधाम, पुस १६ गते । कृष्ण प्रसाद यादवको नेतृत्वको मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री यादवले बुधबार चार दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक […]

ज.त.मु.मो.द्वारा माओवादी केन्द्रबाट अलग भएको घोषणा

टुडेपाटी-जनकपुरधाम, पुस १० गते । जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन मुक्ति) पार्टीका संरक्षक डा. बी.एन. झाले आफ्नो नेतृत्वमा माओवादी केन्द्रमा समाहित गरिएको ज.त.मु.मो. (राजन मुक्ति) पार्टी अब सो पार्टीबाट अलग भई स्वतन्त्र रूपमा क्रियाशील रहने घोषणा गरेका छन् । बुधबार जारी प्रेस विज्ञप्तिमार्फत डा. झाले २०७९ चैत ९ गते माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव तथा […]

शिक्षक पत्रकार हुँदै सभामुखको आसनमा रामअशिष

टुडेपाटी-जनकपुरधाम, पुस ७ गते । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रिया मार्फत यादव ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए । सातदलीय गठबन्धनका तर्फबाट […]

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए सबै दलको विश्वासको मत

टुडेपाटी-जनकपुरधाम, पुस ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट सबै दलको विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा सदनमा रहेका सबै १० दलका उपस्थित ९२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको पक्षमा मतदान गरेका हुन् । सत्तापक्षसँगै प्रतिपक्षी दलहरू समेतले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । उपसभामुख बबिता राउत इशरले […]

मधेश सरकारमा माओवादी र लोसपाबाट एक–एक मन्त्रीले लिए सपथ

टुडेपाटी-जनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशमा सातदलीय गठबन्धनको सरकार विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कणबाट थप दुई मन्त्री नियुक्त भई पद तथा गोपनीयताको सपथ लिएका छन् । माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रानी कुमारी तिवारी […]

जनकपुरधामका मेयरका प्रत्याशी हिरा बालिका बलात्कार आरोपमा पक्राउ

टुडेपाटी-जनकपुरधाम, मंसिर २३ गते । १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी शिवशंकर साह ‘हिरा’लाई प्रहरीले पक्राउ गरेको छ । दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको उजुरीअनुसार हिरासहित चार जनामाथि होटेलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा […]