टुडेपाटी-
जनकपुरधाम, माघ २७ गते ।
जनकपुरधामका नेपाली काँग्रेसका युवा नेता पंकज महतोले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार नेपाली काँग्रेसका जिल्ला सभापतिलाई राजिनामा पत्र लेख्दै पार्टी छाडेका हुन् ।
काँग्रेसका विभिन्न भातृ संगठनमा आबद्ध रहेका उनी हाल धनुषा क्षेत्र नं. ३ (ख) को युवा संगगठन तरुण दलको क्षेत्रीय सदस्य थिए । उनले आफू १८ वर्षदेखि काँग्रेसमा सक्रिय रुपमा लागेर काम गर्दा सहयोग सदभाव राख्नेहरुसबैप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।
‘यस धनुषा नेपाली काँग्रेस पार्टिको भात्तृ संगठन नेपाल तरुण दलको जनकपुरधाम नगर सभापति तथा धनुषा क्षेत्र नं। ३ (ख) प्रदेश सदस्यको रुपमा काम गर्न पाएकोमा तथा मेरो कार्यकाल अवधीमा पार्टिका विभिन्न पदाधिकारीबाट प्राप्त निरन्तर सहयोग, साथ र विशवासका लागि म हृदयदेखी नै आभारी छु’ उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

