टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजिव झा रास्वपा प्रवेश गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार झा बुधबार विधिवत रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई एक समारोह बीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् ।

उनीसहित राष्ट्रिय मुक्ति पार्टीका सयौं कार्यकर्ता समेत रास्वपा प्रवेश गरेका हुन् ।