जनकपुरधाम, माघ ११ गते ।
मधेश प्रदेशमा रिक्त चार राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका दुईसहित चारजना निर्वाचित भएका छन् । अन्य, महिला, अल्पसंख्यक र दलित कलस्टरबाट चारजना निर्वाचित भएका हुन् ।
महिला क्लष्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । झा ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी छिन् ।
जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मतमा सिमति भइन् ।
अपांग तथा अल्पसंख्यक कलस्टरबाट रञ्जित कर्ण निर्वाचित भएका छन् । ८ हजार ९३ मतभारसहित उनी निर्वाचित भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामानन्द प्रसादले १ हजार ३६१ मतभारमा सिमित भए भने जसपाका उम्मेदवार शैलेश कुमार चौधरीले २०९ मतभार पाएका छन् ।

दलित कलस्टरबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । ७ हजार ९०४ मतभारसहित उनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सम्भु पासवान ले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।
अन्य तर्फ जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टर तर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।
मधेशमा चार सिटका लागि नेकपा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले गठबन्धन गरेको थियो । त्यसमा जनमतले समेत सघाएको छ । जसपाले आफ्ना अन्य तीन उम्मेदवार उठाएको थियो । यधपी निष्किृय बनाउने भनेपनि जसपाले उठाएका उम्मेदवारहरुलाई पनि केही मत गएको छ ।
नेपाली कम्युनिष्ट पार्टी नेकपा एकलै चुनाव लडेको थियो ।