TodayPati

मधेश प्रदेश : लागूऔषधसहित दुई जना पक्राउ

टुडेपाटी–सर्लाही, साउन १९ गते । सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने ४२ वर्षीय रत्न मोक्तान र २८ वर्षीय दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हरिवन ४ गणेशचौक स्थित पुर्व पश्चिम लोकमार्गमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजको बिशेष सुचनाको आधारमा खटेको प्रहरी […]

निर्वाचनको मिति घोषणा भएसँगै म्यादी प्रहरीको भर्ना फेरि खुल्ने

टुडेपाटी–काठमाडौं, साउन १९ गते । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले सरकारले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका […]

एकै चरणमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

टुडेपाटी–काठमाडौँ, साउन १९ गते । सरकारले मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले […]

संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारी, मन्त्रिपरिषद बैठक जारी

टुडेपाटी–काठमाडौँ, साउन १९ गते । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बसिरहेको छ। आजको बैठकले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए। पाँच दलीय सत्ता गठबन्धनले बुधबार आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सहमति गरेको छ। सरकारले निर्वाचन आयोगले मिति परामर्श गरेको एक महिनापछि संघ […]

सर्लाहीमा बेबारिसे अवस्थामा शव फेला

टुडेपाटी-सर्लाही, साउन १९ गते । सर्लाहीमा बेबारिसे अवस्थामा शव फेला परेको छ । बुधबार राती ९ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका ११ पाडा बजार स्थित मागि खाई हिँड्ने टुल्कु भन्ने ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पहाडी मुलकको जस्तो देखिने पुरुषको शव फेला परेको तथा यस सम्बन्धमा थप […]

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

टुडेपाटी-नेपालगञ्ज, साउन १९ गते । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर ४९ […]

सर्लाहीमा हत्या गर्ने दुई युवक प्रहरीको फन्दामा

टुडेपाटी-जनकपुरधाम, साउन १९ गते । सर्लाहीमा हत्या आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको हरिपुर्वा नगरपालिका ३ धनकौलका १८ वर्षीय अजयकुमार यादव र १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साउन १३ गते बेलुकाबाट बेपत्ता भएका स्थानीय १९ वर्षीय सुशील रायको शव १६ गते बिहानको […]

जनमत पार्टीद्वारा मधेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग

टुडेपाटी-जनकपुरधाम, साउन १९ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ […]

कोसी नदीले कटान गरेपछि सप्तरीका तीन पालिकामा ‘हाइ अलर्ट’ जारी

टुडेपाटी-सप्तरी, साउन १९ गते । सप्तकोसी नदीमा उच्च पानीको बहावसँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । सप्तकोसी नदीको जोखिम रहेको ठाउँका […]

सप्तरीमा करेन्ट लागेर ससूरा र बुहारीको ज्यान गयो

टुडेपाटी-सप्तरी, साउन १९ गते । सप्तरीमा करेन्ट लागेर ससूरा र बुहारीको ज्यान गएको छ । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र सोही ठाउँकी २१ बर्षीया अन्जली सरदारको ज्यान गएको प्रहरीले जनाएको छ । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी रामकुमार यादवले […]