सर्लाहीमा बेबारिसे अवस्थामा शव फेला
टुडेपाटी-
सर्लाही, साउन १९ गते ।
सर्लाहीमा बेबारिसे अवस्थामा शव फेला परेको छ ।
बुधबार राती ९ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका ११ पाडा बजार स्थित मागि खाई हिँड्ने टुल्कु भन्ने ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पहाडी मुलकको जस्तो देखिने पुरुषको शव फेला परेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।