एकै चरणमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय
टुडेपाटी–
काठमाडौँ, साउन १९ गते ।
सरकारले मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।