TodayPati

निर्वाचनको मिति घोषणा भएसँगै म्यादी प्रहरीको भर्ना फेरि खुल्ने

टुडेपाटी–
काठमाडौं, साउन १९ गते ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।

निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले सरकारले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

Sponsored

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना बन्ने बतए । योजना अनुसार नै म्यादी प्रहरीको भर्ना खोलिने उनले बताए ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

सरकारले स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो भने नेपाल प्रहरीले १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

Sponsored

प्रहरी प्रवक्ता राईले स्थानीय तह निर्वाचनमा काम गरेकालाई प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *