जनकपुरधाममा पनि मनाइयो अन्तराष्ट्रिय युवा दिवस

टुडेपाटी–जनकपुरधाम, साउन २५ गते । अन्तरराष्ट्रिय युवा दिवस जनकपुरधाममा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । मधेश सरकारको महिला, युवा, बालबालिका तथा खेलकुद मन्त्रालयको आयोजनामा जनकपुरधामको जानकी मन्दिर देखि जनकचौक, शिवचौक, भानूचौक, मिल्स एरिया हुँदै मन्त्रालयमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कोणसभामा बोल्दै जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले युवाहरु भविष्यको कर्णधार […]
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोकेकोप्रति प्रचण्डको असन्तुष्टि

टुडेपाटी–काठमाडौँ, साउन २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकोप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । जापानको पाँच दिने भ्रमण सकाएर स्वदेश फर्कने क्रममा बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिप्रति असन्तुष्टि जनाएका हुन्। ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने छ, तर प्रमाणीकरणको लागि ढिला […]
धनुषामा १२ हजारभन्दा बढी मतदाता थपिए

टुडेपाटी–जनकपुरधाम, साउन २५ गते । धनुषामा करिब डेढ महिनामा १२ हजार १९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले असार १ गतेदेखि सुरु फोटोसहितको मतदाता नामावली संकलन गरेपछि निर्वाचनको मिति घोषणा भएको दिनसम्ममा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली […]
छोरीको प्रेमीलाई घरमा बोलाएर रामधुलाई

टुडेपाटी–काठमाडौँ, साउन २५ गते । छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कुटपिट गरेको आरोपमा दांग प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन्। उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ। प्रहरीले कुटपिट गरेको अभियोगमा केटीका बुवा पाटेश्वर यादव र काका धिरजबहादुर यादवलाई […]
महोत्तरीको यस पुलको निर्माण पाँच महिनामै सम्पन्न

रासस–महोत्तरी, साउन २५ गते । ठेक्का अवधिमा निर्माण हुन नसक्दा अहिले कयौँ पुलहरु लथालिंङ अवस्थामा रहेको छ । तर महोत्तरीमा भने ५ महिनामै एउटा पुलको निर्माण पुरा भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न […]
धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

टुडेपाटी–जनकपुरधाम, साउन २५ गते । नेकपा एमालेकी नेतृ जुली कुमारी महताले धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् । एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी महतो अगामी मंसिर ४ गतेका लािग प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् । […]
मधेश प्रदेश : १४३ किलो गाँजा बरामद

टुडेपाटी–वीरगञ्ज, साउन २६ गते । सशस्त्र प्रहरीले पर्साबाट १४३ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति ११ बजे ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामदभएको हो । बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल […]
मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

टुडेपाटी-जनकपुरधाम, साउन २५ गते । मधेश सरकारले पहिलो चरणमा छोरीलाई बाँड्न खरिद गरेको साईकलको पनि अख्तियारले छानवीन सुरु गरेको छ । दोस्रो चरणमा भएको साईकल खरिदमा व्यापक भ्रष्टाचार भएको ठहर गरेपछि अख्तियारले पहिलो चरणको पनि छानबिन सुरु गरेको हो । पहिलो चरणमा भएको १४ हजार साईकल खरिदको फाइल अख्तियारले पत्र लेखेर माग गरेको मुख्यमन्त्री कार्यालय […]
जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत ठाकुरको हृदयघातका कारण निधन

टुडेपाटी-जनकपुरधाम, साउन २५ गते । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको निधन भएको छ । प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ४५ वर्षीय ठाकुर २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत थिए । जिल्ला प्रशासन कार्यालय धनुषाका ८/९ जना कर्मचारीहरूसमेत […]
मधेस प्रदेश : चोरीको १२ वटा मोटरसाइकलसहित एउटै टोलका ६ जना पक्राउ

टुडेपाटी-बारा, साउन २५ गते । बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् । प्रहरीले चोरीको १२ वटा मोटरसाइकलसहित बाराको पचरौता नगरपालिकाको एउटै टोलका ६ जनालाई पक्राउ गरेको हो । गत बिहीबार महागढीमाई नगरपालिकाको बरियारपुरबाट दुइ वटा मोटरसाईकल चोरी गरेर भाग्दै गरेका पचरौता नगरपालिका–७ बेनौलीका बिशालकुमार सहनी र भोला पटेललाई प्रहरीले पक्राउ गरेको […]