TodayPati

टुडेपाटी–
काठमाडौँ, साउन २५ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकोप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

जापानको पाँच दिने भ्रमण सकाएर स्वदेश फर्कने क्रममा बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिप्रति असन्तुष्टि जनाएका हुन्।

‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने छ, तर प्रमाणीकरणको लागि ढिला गर्नु हुँदैनथ्यो, ढिला गर्नुभयो’, उनले भने ।

संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक प्राप्त भएको १५ दिनभित्र कि प्रमाणीकरण गर्ने कि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *